काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ५१ अंकले बढेर २,७७६ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । र्स्टन हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् ।


















