काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।

















