IME Life New

तीन म्युचुअल फन्डहरुको इकाई मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तीन म्युचुअल फन्डहरुको इकाईमूल्य समायोजन भएको छ। नेप्सेमा सनराइज फोकस्ड इक्विटी फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र लक्ष्मी उन्नती कोषको इकाईमूल्य समायोजन भएको हो।

नेप्सेले सनराइज फोकस्डको १३.५० प्रतिशत, सनराइज फर्स्टको १४ प्रतिशत र लक्ष्मी उन्नती कोषको २० प्रतिशत प्रतिफल समायोजन गरेको हो। समायोजनपश्चात सनराइज फोकस्डको इकाईमूल्य ९ रुपैयाँ १ पैसा, सनराइज फर्स्टको ९ रुपैयाँ ४९ पैसा र लक्ष्मी उन्नतीको इकाईमूल्य ९ रुपैयाँ ८१ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दोस्रो बजारमा सनराइज फोकस्डको इकाई प्रतिकित्ता १० रुपैयाँ ३६ पैसा, सनराइज फस्टको १० रुपैयाँ ८९ पैसा र लक्ष्मी उन्नती कोषको प्रतिकित्ता ११ रुपैयाँ ८१ पैसा अन्तिम मूल्य कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS