काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















