काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १६ अंकले बढेर २,७७० को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । अपर लोहरे खोलाका लगानीकर्ताले ५ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।


















