IME Life New

सावधान ! ह्वाट्सएपको यो फिचर निकै खतरनाक, एकै झट्कामा रित्तिन सक्छ बैंक खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइबर ठगहरुले मानिसलाई ठग्न विभिन्न तरिका अपनाउने गरेका छन्। उनीहरुले मानिसको व्यक्तिगत विवरणसँगै बैंक खाताहरुसम्म पहुँच कायम गरी रकम चोर्ने गरेका घटनाहरु लगातार सार्वजनिक भइरहेको छ।

पछिल्लो समय साइबर ठगहरुले प्रयोगकर्ताको ह्वाट्सएप ह्याक गरी स्क्रिन मिररिङ फिचरको मद्दतले मोबाइलमा रहेको सबै कन्टेन्टमा पहुँच पुर्याउन थालेको पाइएको छ। जसबाट बैंकको लगइन र ओटीपीलगायत समावेश छन्।

Esewa
Crest

साइबर ठगहरुले ह्वाट्सएपको स्क्रिन मिररिङ फिचरको फाइदा उठाएर प्रयोगकर्ताको बैंक खाताबाट पैसा चोर्न सक्छन्। उनीहरुले पहिलो फोन वा अन्य तरिकाले प्रयोगकर्ताको विश्वास जित्छन्। त्यसपछि उनीहरुले प्रयोगकर्तालाई सहयोग गर्ने फर्जी दाबी गर्छन्।

ह्वाट्सएपको यो फिचरको मद्दतले ह्याकरले कुनै पनि ठाउँमा बसेर प्रयोगकर्ताको मोबाइल स्क्रिन, एप वा बैंकिङ डिटेल थाहा पाउन सक्छन्। यस्तोमा प्रयोगकर्ताले धेरै सावधानी अपनाउन आवश्यक हुन्छ। यसका लागि प्रयोगकर्ताले कुनै अपरिचित व्यक्तिसँग ह्वाट्सएपको स्क्रिन मिररिङ फिचर प्रयोग नगर्दा नै उचित हुन्छ।

यदि कुनै अपरिचित व्यक्तिले ह्वाट्स एपमा स्क्रिन मिररिङ गर्न आग्रह गर्छन् भने प्रयोगकर्ता सतर्क रहन जरुरी छ। यसका साथै त्यस्ता व्यक्तिसँग आफ्नो बैंक विवरण पनि खुलाउन हुँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS