IME Life New

एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किममा आवेदन दिने म्याद लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ।

यो म्युचुअल फन्डका इकाइ खरिदका लागि गत साउन २९ गतेबाट आवेदन दिने व्यवस्था गरिएको थियो। यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले यो योजनाको निष्कासन बन्द अब भदौ १२ गते बैंकिङ समयपछि हुनेछ।

Esewa
Crest

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल र कोष प्रवद्र्धक एनआईसी एसिया बैंक रहेका यो खुलामुखी योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणका लागि ५ करोड इकाइको सार्वजनिक निष्कासन गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS