IME Life New

सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

क्यापिटल सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको घोषणा वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित सिटिजन्स म्युचुअल फन्ड–२ मा ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डमा १२.७५ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ।

Esewa
Crest

यी दुवै योजनाको लाभांश वितरणार्थ भदौ १३ गते बुक क्लोज गर्ने निर्णय क्यापिटलले गरेको छ। यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यी योजनाको लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS