IME Life New

सर्वोत्तम सिमेन्टको नाफा रु. १ अर्ब माथि, अन्य सूचकमा पनि आकर्षक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा १ अर्ब ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ५७२.५२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी २ अर्ब ६ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ७५ करोड ५४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १७३.०१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले उत्पादन बिक्री गरेर ९ अर्ब ५५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ६ अर्ब ३७ करोड २३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी ४९.८७ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ र पुनर्मूल्यांकित जगेडामा ३३ करोड ६८ लाख रुपैयाँ रहेको छ। अघिल्लो अन्य इक्विटीमा ४ अर्ब १९ करोड ८३ लाख रुपैयाँ र पुनर्मूल्यांकित जगेडामा ३३ करोड ६८ लाख रुपैयाँ नै रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २०.१९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३.७४ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS