IME Life New

निर्जीवन बीमकको खुद व्यापार १७% ले बढ्यो, ३ कम्पनीको खुद बीमाशुल्क घट्दा अन्यको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा बीमकहरुको खुद व्यापार १७ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीहरुले १७ अर्ब ५९ करोड २४ लाख ५३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीहरुले १५ अर्ब १ करोड ८२ लाख ९१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।

Crest

यस समीक्षा वर्षमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क २२ प्रतिशतले बढी हो । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले २ अर्ब ५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ११ प्रतिशतले बढी हो । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले २ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ५७ प्रतिशतले बढी हो ।

नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ७ प्रतिशतले बढी हो । शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३१ प्रतिशतले बढी हो । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १२ प्रतिशतले बढी हो ।ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ५ प्रतिशतले घटेको हो । यूनाइटेड अजोड इनस्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ७ प्रतिशतले बढी हो ।

नेपाल इन्स्योरेन्सले ९५ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३३ प्रतिशतले बढी हो । एनएलजी इनस्योरेन्स कम्पनीले ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ४६ प्रतिशतले बढी हो । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ८ दशमलव ९९ प्रतिशतले बढी हो । प्रभु इन्स्योरेन्सले ६३ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १० प्रतिशतले बढी हो ।

नेशनल इनस्योरेन्सले ५६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९ प्रतिशतले घटेको हो । राष्ट्रिय बीमा कम्पनीले २४ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क २० प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS