IME Life New

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ अर्ब ७३ करोड माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव १४ अंकले घटेर २,७६१ को विन्दुमा कायम भएको छ । आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ९३ प्रतिशतका दरले कमाएका हुन् । अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । कालिका पावरका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS