IME Life New

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट प्रदान गरिनेछ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै, देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

Esewa
Crest

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ । बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गरिने अठोट व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS