IME Life New

पाकिस्तानको खैबर पख्तुनख्वामा बाढीले १८९ जनाको ज्यान गयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा अचानक आएको बाढीले विनाश मच्चाउँदा कम्तीमा १८९ जनाको मृत्यु भएको छ ।  अन्य थुप्रै सर्वसाधारण बाढीले बगाउँदा बेपत्ता भएका छन्।

यसबाहेक भारी वर्षाको समयमा आपतकालीन उद्धारमा खटिएको एक हेलिकोप्टर दुर्घटना हुँदा थप पाँच जनाले ज्यान गुमाएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीले दिएको जानकारी अनुसार जुनको अन्त्यदेखि, मनसुनी वर्षाले देशभर, विशेष गरी खैबर पख्तुनख्वा र उत्तरी क्षेत्रमा, विनाशकारी बाढी, पहिरोले ठूलो क्षति भएको छ। प्रान्तभर मृत्यु हुनेमा १६३ पुरुष, १४ महिला र १२ बालबालिका छन्।

Esewa
Crest

बाढीले ४५ घर, तीन विद्यालय र आठ अन्य संरचना ध्वस्त भएका छन्। प्रान्तीय सरकारले अगस्ट २१ सम्म भारी वर्षा जारी रहने सम्भावना रहेको उल्लेख छ।  बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा राहत तथा उद्धार कार्यका लागि सरकारद्वारा कुल ५० करोड पाकिस्तानी रुपैयाँ बराबरको राहत कार्यक्रम घोषणा गरिएको छ।

राहत सामाग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको हेलिकप्टर दुर्घटनामा दुई पाइलट र चालक दलका तीन सदस्यको दुर्घटनामा ज्यान गएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS