IME Life New

राष्ट्रियस्तरका विकास बैंकः रु. ५.६ अर्ब बढी नाफा कमाउँदा कसको लाभांश क्षमता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ मा ५ अर्ब ६० करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार कुल नाफा ५ अर्ब ६० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। अघिल्लो वर्ष २०८०।८१ मा यी विकास बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुको नाफा २२.०१ प्रतिशतले बढेको छ।

Esewa
Crest

राष्ट्रियस्तरका विकास बैंकमध्ये ६ वटाको नाफा बढेको छ भने २ वटाको घटेको छ। सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ रहेको छ भने वृद्धिदरका हिसाबले गरिमा अग्रपंक्तिमा रहेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा मुक्तिनाथले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा बैंकले १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा ३०.७० प्रतिशतले बढेको छ।

दोस्रोमा गरिमा रहेको छ। अघिल्लो आर्थिक वर्षमा ४३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको गरिमाले समीक्षा वर्षमा १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ कमाएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २०१.९७ प्रतिशतले बढेको छ।

यसैगरी तेस्रो धेरै कमाउनेमा शाइन रेसुंगा रहेको छ। समीक्षा वर्षमा यो बैंकले ६८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा ०.४८ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कामना सेवाले ६३ करोड ५२ लाख रुपैयाँ, सांग्रिलाले ५३ करोड ७० लाख रुपैयाँ, महालक्ष्मीले ५० करोड ६६ लाख रुपैयाँ, लुम्बिनीले ३७ करोड ९८ लाख रुपैयाँ र ज्योतिले १ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कामना सेवाको नाफा ९.१९ प्रतिशत, सांग्रिलाको ६.५१ प्रतिशत र महालक्ष्मीको १.२६ प्रतिशतले बढ्दा लुम्बिनीको ३०.१३ र ज्योतिको ९२.१४ प्रतिशतले घटेको छ।

कसको लाभांश क्षमता कति ?

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा बढी लाभांश दिन सक्ने क्षमता मुक्तिनाथले बनाएको छ। यो बैंकको लाभांश क्षमता २०.७५ प्रतिशत रहेको छ।

दोस्रो धेरै लाभांश क्षमता कामना सेवाको देखिएको छ। यो बैंकले १७.३० प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।

यसैगरी समीक्षा वर्षका लागि शाइन रेसुंगाले १३.९६ प्रतिशत, गरिमाले १२.५९ प्रतिशत, सांग्रिलाले ११.६४ प्रतिशत, महालक्ष्मीले ११.५१ प्रतिशत र लुम्बिनीले ८.१३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएका छन्।

ज्योति विकास बैंकले भने लाभांश दिन नसक्ने देखिएको छ। यो बैंकको वितरणयोग्य मुनाफा ७८ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS