IME Life New

व्यापार खस्किँदा कमजोर बन्दै एनआईसी एसिया बैंकको वित्तीय स्वास्थ्य, नाफामा भारी संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकको व्यापार खस्किएसँगै अधिकांश वित्तीय सूचक प्रभावित बनेका छन्। बैंकको गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण हेर्दा वित्तीय स्वास्थ्य कमजोर बन्दै गएको देखिन्छ।

आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले ७० करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७६.९७ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो। समीक्षा वर्षमा पनि बैंकले लाभांश वितरण गर्न नसक्ने भएको छ।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा १ अर्ब २७ करोड २१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ३ करोड ३७ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३७.४४ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा बैंकले १० अर्ब २५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ७६ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ४.७१ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १९ अर्ब ८१ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा १७ अर्ब २६ करोड ८९ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकले ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको व्यापार खस्केको छ।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.४४ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १६.५४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.०८ रुपैयाँ थियो। पीई रेसियो ३८७.८२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९७.३० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS