IME Life New

नेको इन्स्योरेन्सको नाफा ५५ करोड माथि, खुद बीमाशुल्क आर्जन ६.८७% ले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको नाफा सामान्य घटेको छ ।

२ अर्ब ५१ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा ७५ करोड ५९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३२ करोड ७४ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रहेको छ ।

Crest

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५१ करोड ३६ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा २९ करोड २५ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा २ अर्ब २ करोड रहेको थियो ।

समीक्षा वर्षमा कम्पनीले ३ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.२८ प्रतिशतले बढेको हो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ५६ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा १ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.८७% ले बढेको हो ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ५ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा सामान्य घटेको छ ।

समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३२.४४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS