IME Life New

आजदेखि नबिल इन्भेस्टमेन्टको ‘एनआई ३१’का इकाइहरुको बिक्री खुल्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआई ३१’का इकाइहरुको सार्वजनिक निष्कासन आज साउन ३० गतेबाट गरिने भएको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ र कोष प्रवर्द्धक नबिल बैंक रहेका यस योजनाको पहिलो चरणमा २५ करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्ने भएको हो। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल २ करोड ५० लाख इकाइ निष्कासन गरिनेछ।

Crest

कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार इकाइ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सुरक्षित राखी बाँकी रहने १ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणलाई १ करोड १२ लाख ५० हजार इकाइ बिक्री खुला गरिनेछ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा २५ लाख इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

यस योजनाको निष्कासन बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते बैंकिङ समयपछि हुनेछ। यो खुलामुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS