IME Life New

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः अब यात्रु उडान समयभन्दा १ घन्टाअघि नै अध्यागमनतर्फ प्रवेश गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब यात्रु १ घन्टाअघि नै अध्यागमनतर्फ प्रवेश गर्नुपर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई पनि उडान समयभन्दा कम्तीमा १ घन्टा अगावै यात्रुलाई चेक–इन गराई अध्यागमनतर्फ प्रवेश हुने व्यवस्था गरी सहजीकरण गर्न कार्यालयले आग्रह गरेको छ।

Esewa
Crest

हाल विमानस्थलको प्रस्थानतर्फको अध्यागमन डेस्कमा विशेषगरी रातको समयमा यात्रुको अत्याधिक चाप रहने गरेको छ। हवाई उडानको तालिका निर्धारण गर्ने कार्य नागरिक उड्डययन प्राधिकरणबाट हुने गरेको र प्राधिकरणको त्रि.अ.वि. कार्यालयलाई रातिको समयमा उडानको तालिम लचिलो बनाई अगाडि पछाडि सार्न पनि कार्यालयले आग्रह गरेको छ।

यस अवस्थालाई मध्यनजर गरी सम्पूर्ण यात्रुलाई उडान समयको कम्तीमा १ घन्टा अगाडि नै प्रस्थानतर्फको क्षेत्रमा प्रवेश गरी अध्यागमनको कार्यमा सहयोग गर्न सूचनामा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS