IME Life New

विदेशीलाई झट्का दिने तयारीमा ट्रम्प प्रशासन, हटाउँदै एच-१बी भिसाको लटरी प्रणाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले एच–१बी भिसा जारी गर्ने प्रक्रियामा ठूला परिवर्तन गर्ने भएको छ।

अहिलेसम्म लटरी प्रणालीमार्फत दिइने यो भिसा अब तलबमा आधारित छनोट प्रणालीमार्फत जारी गरिनेछ। ह्वाइट हाउसको सूचना तथा नियामक मामिला कार्यालयले यस सम्बन्धमा प्रस्ताव ल्याएको हो।

Esewa
Crest

अगस्ट ८ मा विशेष पेसामा कार्यरत कामदारका लागि एच–१बी भिसाको बाँडफाँटमा व्यापक परिवर्तन गर्ने नियमलाई स्वीकृत गरिएको छ। यो कदम डोनाल्ड ट्रम्प प्रशासनको ‘अमेरिकी चीजहरु किन्नुहोस् र अमेरिकीलाई काममा राख्नुहोस्’ नीतिअन्तर्गत लिइएको हो।

ट्रम्प प्रशासनको यो कदमले अमेरिकामा भविष्यको करिअरको सम्भावना खोज्ने हजारौँ विदेशी विद्यार्थीका लागि कठिनाइ बढाउनेछ। हालै स्नातक गरेका विद्यार्थी पनि यसबाट प्रभावित हुनेछन्।

हालको नियम के छ ?

एच–१बी भिसाले अमेरिकी कम्पनीलाई सैद्धान्तिक वा प्राविधिक विशेषज्ञता आवश्यक पर्ने विशेष पेसामा विदेशी कामदारलाई रोजगारी दिन अनुमति दिन्छ। यसले अमेरिकामा ३ वर्षको अवधिका लागि काम गर्न अनुमति दिन्छ। हाल यसको वार्षिक स्लट ८५ हजारमा सीमित छ। अहिलेसम्म नयाँ स्नातक र अनुभवी पेसेवरलाई लटरी प्रक्रियाअन्तर्गत प्रत्येक वर्ष छनोट गरिन्छ।

डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा गृह सुरक्षा विभाग (डीएचएस)ले एच–१बी भिसाका लागि लटरी प्रणाली परिवर्तन गर्ने प्रयास गरेको थियो। यस वर्ष फेरि राष्ट्रपति बनेपछि ट्रम्पले पुनः यस दिशामा कदम चालेका छन्। नयाँ नियमका बारेमा सबैभन्दा ठूलो जानकारी यो हो कि यो सबैलाई समान राख्ने लटरी प्रणालीको सट्टा तलबमा आधारित छ।

ट्रम्पले धेरै पटक एच–१बी कार्यक्रमको आलोचना गरेकाले यी परिवर्तन हुने विश्वास गरिएको छ। ट्रम्प भन्छन्, ‘अमेरिकी रोजगारदाताहरुले कम तलब भएका विदेशी कामदारलाई काममा राखेर यो भिसाको दुरुपयोग गरेका छन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS