IME Life New

हप्तामा ४ दिन काम, ३ दिन आरामः अनुसन्धानबाट खुल्यो थुप्रै फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हप्तामा ६ दिन काम गर्ने र त्यसपछि सप्ताहान्तको आनन्द लिने। तर, त्यसपछि अर्को हप्ता कामको उही पुरानो संसारमा फर्किने। यदि तपाइँले यो गर्नुपर्दैन भने के हुन्छ ?

नेचर ह्युमन बिहेभियर नामक जर्नलमा प्रकाशित एउटा महत्वपूर्ण अध्ययनबाट काम गर्ने हप्तालाई ४ दिनमा घटाउँदा मानिसहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको पत्ता लागेको छ। यसले मानिसहरुको खुसी पनि बढाएको छ।

Esewa
Crest

बोस्टन कलेजका अनुसन्धानकर्ताले अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, आयरल्यान्ड र न्युजिल्यान्डका १४१ कम्पनीका कर्मचारीहरुमा बर्नआउट, जागिर सन्तुष्टि, शारीरिक र मानसिक स्वास्थ्यजस्ता पक्षहरुको अध्ययन गरेका थिए। यस अनुसन्धानका प्रमुख लेखक वेन फ्यानले भने, ‘हामीले कर्मचारीहरुमा सुधार देख्यौँ। कम्पनीहरुको उत्पादन र राजस्व दुवै बढ्यो। यो परीक्षण अब समाप्त भएको छ। तर, यसमा संलग्न ९० प्रतिशत कम्पनीहरुले हप्तामा ४ दिन काम गरिरहने निर्णय गरेका छन्।’

यसअघि पनि कर्मचारीहरुमा कम काम गर्ने दिनको प्रभावमा अनुसन्धान गरिएको थियो। बोस्टन कलेजको अनुसन्धानले पनि पहिलेकै नतिजाहरुलाई पुष्टि गरेको छ। जसले हप्तामा कम दिन काम गर्दा कर्मचारीहरुमा सुधार भएको जनाएको थियो। कम काम गर्ने दिनले राम्रो स्वास्थ्य, सन्तुलित जीवन र समग्रमा बढी सन्तुष्टि प्रदान गर्दछ।

विज्ञहरु विश्वास गर्छन् कि यो परिवर्तनको सबैभन्दा ठूलो शक्ति युवा पुस्ताबाट आउनेछ। सन् २०२५ को विश्वव्यापी सर्वेक्षणमा पहिलोपटक सबैभन्दा महत्त्वपूर्ण चीजहरुको सूचीमा काम–जीवन सन्तुलनले तलबलाई उछिनेको छ।

दक्षिण कोरियाका धेरै युवा कर्मचारीले कम तलब लिए पनि काम गर्न खुसी हुने बताएका छन्। हप्तामा काम गर्ने दिनहरुको संख्या घटाइएमा तिनीहरु यसका लागि काम गर्न पनि तयार छन्।

प्रोफेसर फ्यानका अनुसार युवापुस्ताको कामको उद्देश्य र जीवनबाट उनीहरुको अपेक्षाहरुका बारेमा मौलिक रुपमा फरक सोच छ। उनी भन्छिन्, ‘चीनमा ग्रेट रिजाइनेसन (महामारीपछि ठूलो मात्रामा जागिर गुमाउनु) र क्वाइट क्विटिङ (केवल आवश्यक काम गर्ने) र लिइङ फ्ल्याट (अत्यधिक कामको संस्कृतिलाई अस्वीकार गर्नु) जस्ता आन्दोलनले युवा कामदारले आफ्नो असन्तुष्टि व्यक्त गर्न र बर्नआउट संस्कृतिलाई अस्वीकार गर्ने नयाँ तरिकाहरु खोजिरहेको देखाउँछन्।

समयसँगै यी परिवर्तनहरुले कार्यस्थलको परम्परालाई नयाँ आकार दिन सक्छन्। हिरोशी ओनोले जापानमा पनि केही परिवर्तनहरु देखिरहेका छन्। उनी भन्छन्, ‘अहिले ३० प्रतिशत जापानी पुरुषले पितृत्व बिदा लिन्छन्। पहिले यस्तो पटक्कै भएको थिएन। यसले मानिसहरुले आफ्नो कल्याणलाई बढी महत्व दिन थालेको देखाउँछ।’

करेन लोव यससँग सहमत छन्। उनी भन्छिन्, ‘पहिलोपटक कर्मचारीहरुले साँच्चै विरोध गर्न थालेका छन्। जति धेरै युवा छन्, त्यति नै धेरै परिवर्तनको माग गरिरहेका छन्।’

करेन विश्वास गर्छिन् कि परिवर्तनको माग अब गति लिइरहेको छ। उनी भन्छिन्, ‘कोभिडले हामीलाई पहिलो मोड दियो। मलाई आशा छ कि अर्को मोड चार दिनको काम गर्ने हप्ता हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS