काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ६२ अंकले बढेर २,७८८ को विन्दुमा कायम भएको छ । आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बलेफि हाइड्रोको ३६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ४ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । राधि विद्युत कम्पनीका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया फे्लेक्सी क्याप फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ३१ प्रतिशतका दरले गुमाएका हुन् ।

















