IME Life New

हकप्रद निष्काशन गर्ने मुख्य एजेन्डा सहित मनकामना एन्जिनियरिङले भदौ २० गते डाक्यो एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना एन्जिनियरिङले आफ्नो पाँचौं वार्षिक साधारण सभा भदौ २० गते गर्ने भएको छ । सभा विहान साढे १० बजे रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा आयोजना गर्ने जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, कम्पनीको लेखा परिक्षकले पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन तथा वित्तिय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम हाल लेखा परिक्षण गर्दै आइरहेका भरत एण्ड एसोसिएट्सलाई आर्थिक वर्ष २०८२ / ०८३ को लेखा परीक्षकको नियुक्ति, पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने छ ।

सभाले हकप्रद शेयर निष्कासनको प्रस्ताब माथि छलफल गरि अनुमोदन गर्ने, कम्पनीको पूँजी बृद्धि तथा प्रबन्धपत्र नियमावाली संशोधन गर्ने, हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न साथै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संसोधन थपघट फेरबदलपरिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोहि सम्बन्धी कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS