IME Life New

कुलिङ पिरियडमा त्रुटि प्रकरणः राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका छन्।

प्रतिनिधिसभाको रोष्टमबाट खतिवडाले मंगलबार समितिको सभापतिबाट राजीनामा दिने घोषणा गरेका थिए। उनले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

Esewa
Crest

निजामती विधेयक (कुलिङ पिरियड)मा त्रुटि प्रकरणपछि खतिवडाले राजीनामा दिएका हुन्। यद्यपि, कुलिङ पिरियडमा आफ्नो कुनै स्वार्थ नभएको र छानबिन समितिले पनि आफूलाई दोषी नठहराएको उनको भनाइ छ।

विधेयकमा त्रुटि भएको विषय सार्वजनिक भएपछि नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले सभापति खतिवडालाई राजनीतिक र नैतिक जिम्मेवार ठहर्याउँदै कुलिङ पिरियड निष्प्रभावी हुने गरी प्रतिवेदन तयार पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS