IME Life New

अब राष्ट्रसेवक कर्मचारीले नियुक्तिपत्र लिनुअघि नै सम्पत्ति विवरण बुझाउन अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब राष्ट्रसेवक कर्मचारीले नियुक्तिपत्र बुझ्नुअघि नै सम्पत्ति विवरण अनिवार्य रुपमा पेस गर्नुपर्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाका साथै राष्ट्रिय किताबखानाका नाममा परिपत्र जारी गर्दै राष्ट्रसेवक कर्मचारीले नियुक्तिपत्र बुझ्नुअघि नै सम्पत्ति विवरण अनिवार्य रुपमा पेस गर्नुपर्ने प्रावधान लागू गर्न निर्देशन दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि मन्त्रिपरिषदको कार्यालयले पठाएको पत्रका आधारमा मन्त्रालयले यस्तो व्यवस्था कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो।

Esewa
Crest

अब सुरु नियुक्ति हुने राष्ट्रसेवकलाई सम्पत्ति विवरण फाराम भरेपछि मात्रै नियुक्तिपत्र दिने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ। संघ, प्रदेश र स्थानीय तहले सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्वका सम्बन्धमा पर्याप्त जनेचतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि मन्त्रालयले परिपत्रमार्फत निर्देशन दिएको छ।

यसैगरी राष्ट्रिय किताबखाना (निजामती, शिक्षक र प्रहरी), प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र स्थानीय तहले विवरणका बन्दी खामहरुको उचित व्यवस्थापन र संरक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण फारामलाई अनलाइन प्रविधिमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

त्यस्तै अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरणसम्बन्धी तथ्यांक प्रविष्टि गर्ने कार्यलाई स्थानीय तहहरुले प्राथमिकता दिनुपर्ने व्यवस्था मन्त्रालयले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS