IME Life New

महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन)को सदस्यमा नियुक्त भएका छन्।

ढकाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन्। नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्थाअनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन्।

Esewa
Crest

ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि सेबोनको सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

नवनियुक्त बोर्ड सदस्य ढकाललाई आज सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठ कार्यालयमा स्वागत गरेका छन्।

सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतका रुपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकतामा रहने बताएका छन्। उनले बोर्डको सदस्यका हैसियतले पुँजीबजारको विकासका लागि आफू प्रयत्नशील रहने बताए।

यस्तै शेयर बजारको संरचनात्मक सुधार, पारदर्शीता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफूले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले प्रतिबद्धता गरे।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS