IME Life New

चीन र भारतले रुसबाट तेल किन्न छाडे भाउ १५० डलर पुग्न सक्ने, विश्वमा मन्दीको डर !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यदि छिमेकी मुलुक चीन र भारतले रुसबाट कच्चा तेल किन्न छाडे प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यसले विश्व अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्याउने र मन्दी आउन सक्ने त्रास बढेको छ।

राजनीतिक विश्लेषक फरिद जकारियाले एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत ट्यारिफ लगाउने नीतिको कडा आलोचना गरेका छन्। ‘२५ वर्षको अमेरिकी विदेश नीति उल्टिएको छ’, उनले भने, ‘जुन भारतका साथ रणनीतिक र आर्थिक सम्बन्धहरु मजबुत गर्नेमा केन्द्रित थियो।’

Esewa
Crest

रुसी तेल किनेकै कारण भारतमाथि अतिरिक्त २५ प्रतिशत ट्यारिफ अगस्ट २७ बाट लागू हुँदैछ। ‘यो तर्कहीन छ। किनकि चीन र भारतले सबैभन्दा कच्चा तेल रुससँग खरिद गर्छन्’, फरिदले भने।

यदि चीन र भारतले रुसी तेल किन्न छाडे भने मूल्य प्रतिब्यारल १५० डलर पुग्ने फरिदको दाबी छ। ‘यसले विश्व अर्थतन्त्रमा ठूलो क्षति पुर्याउनेछ, मन्दीलाई निम्तो दिनेछ’, उनले भने, ‘अमेरिका पनि चपेटामा पर्नेछ। ट्रम्पको निर्णय निजी हीतबाट प्रेरित रहेको देखिन्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS