IME Life New

नेशनल इन्स्योरेन्सको ४३.२९ प्रतिशतले बढ्यो कुल बीमाशुल्क आर्जन, यस्ता छन् अन्य वित्तीय सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अन्य इक्विटीमा ३० करोड ८६ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा १ अर्ब ४५ करोड रहेको छ ।

Esewa
Crest

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ८२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । अन्य इक्विटीमा ३३ करोड १५ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा १ अर्ब ४५ करोड रहेको थियो ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब २९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४३.२९ प्रतिशतले बढेको हो ।


यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ७३ करोड ११ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षो सोही अवधिमा कम्पनीले २८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा ५६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.४४ प्रतिशतले घटेको हो ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनी ६२ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS