IME Life New

‘नेप्से एआई’ एप प्रकरणः सीआईबीले भन्यो-‘अपरिचित एप डाउनलोड र इन्स्टल नगरौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘नेप्से एआई’ एप प्रकरणपछि सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ।

सीआईबीले आज एक विज्ञप्ति जारी गर्दै नेप्से एआईलगायतका कुनै पनि अपरिचित लिंक तथा एपहरु क्लिक, डाउनलोड र इन्स्टल नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो। केही दिनयता सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत)मा नेप्से एआई एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको विश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्नेजस्ता भ्रामक सूचना प्रवाह गरेको सीआईबीले जनाएको छ।

Esewa
Crest

त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्य ट्रान्सफर भई पीडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको सूचना तथा उजुरी प्राप्त भइरहेको सीआईबीले जनाएको छ।

विज्ञप्तिमा सीआईबीले जोन डोई (सांकेतिक नाम)ले सामाजिक सञ्जाल फेसबुकमा देखिएको विज्ञप्तिबाट शेयर बजार विश्लेषण गर्नका लागि नेप्से एआई नाम एप डाउनलोड गरेको र इस्टल गरेको पछिल्लो उदाहरण प्रस्तुत गरेको छ। ‘एप इन्स्टलपछि त्यस एपमा रिमोट सेसन खुल्नासाथ निजको मोबाइल स्क्रिन केही समय ब्ल्यांक भई निजको विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रकम अन्यत्र खातामा ट्रान्सफर भएको निजको मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपसमेत मेटाएको भनी कार्यालयमा उजुरी प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कयौं ठूला विगतका घटनाका उजुरीसमेत प्राप्त भइरहेका छन्।’

हालै नेपालका साइबर सुरक्षा विज्ञ सरोज लामिछानेले ह्याकरहरुले बैंक ग्राहकको खाताबाट करोडौँ रकम चोरी गरेको खुलासा गरेका थिए। लामिछानेले आफ्नो लिंक्डइन पेजमा पछिल्ला केही साताअघि भएका घटनाहरुको उदाहरण दिँदै ‘नेप्से एआई’ नामक अपरिचित एप डाउनलोड गर्न लगाएर हालसम्म ८० करोड रुपैयाँभन्दा बढी चोरी भइसकेको जानकारी दिएका थिए।

हाल यो ठगी प्रकरणको व्यापक चर्चा चलेको छ। यसबीच सीआईबीले विज्ञप्ति नै निकालेर अपरिचित एप डाउनलोड नगर्न र इन्स्टल नगर्न सचेत गराएको हो।

kndry_ansndhn_byrk_anrdh_2082-04-27

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

25%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS