काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव २२ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २६ करोड ७७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको २० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् । हिमालयन बैंक वोन्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

















