IME Life New

‘नेप्से एआई’ एप डाउनलोड गर्दा बैंक खाताबाट रु. ८० करोड गायब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको बैंक खाताबाट ठूलो धनराशि चोरी भएको खुलेको छ। संगठित रुपमा सक्रिय अपराधिक गिरोहले ह्याकिङ गरेर बैंक ग्राहकको व्यक्तिगत विवरणसम्म पहुँच पुर्याई करोडौँ रकम चोरी गरेको खुलासा भएको हो।

नेपालका साइबर सुरक्षा विज्ञ सरोज लामिछानेले ह्याकरहरुले बैंक ग्राहकको खाताबाट करोडौँ रकम चोरी गरेको खुलासा गरेका हुन्। उनका अनुसार ‘नेप्से एआई’ नामक अपरिचित एप डाउनलोड गर्न लगाएर हालसम्म ८० करोड रुपैयाँभन्दा बढी चोरी भइसकेको छ।

Crest

लामिछानेले आफ्नो लिंक्डइन पेजमा पछिल्ला केही साताअघि भएका घटनाहरुको उदाहरण दिँदै संगठित आपराधिक गिरोहले चलाइरहेको ठगीधन्दाको उजागर गरेका छन्। ‘ अचानक एक अज्ञात सेन्डर (प्रेषक)बाट मेरा एकजना भाइको बैंकमा १ लाख १४ हजार रुपैयाँ जम्मा भयो। हामीले ती प्रेषक (व्यक्ति)लाई खोज्ने प्रयास गर्यौं तर कुनै सम्पर्क नै भएन’, लामिछानेले लेखेका छन्, ‘अचानक उसको बैंक खाता फ्रिज भयो। हामीले थाहा पायौँ कि साइबर ब्युरोले यसलाई ब्लक गर्न पत्र पठाएको थियो। हामी त्यहाँ गयौँ, उनीहरुले प्रेषकलाई फोन गरे र हामीले थाहा पायौँ कि ऊ वास्तवमा पीडित थियो। उसको ल्यापटप ह्याक गरिएको थियो। मेरो भाइको खातामा पैसा स्थानान्तरण गरिएको थियो र ह्याकरले सम्भवतः मेरो भाइको बैंक विवरणहरु थाहा पाएको थियो किनकि उसले आफ्नो क्यूआर कोड सार्वजनिक रुपमा प्रदर्शित गरी अन्डा पसल चलाउँछ।’

त्यस्तै लामिछानेले अर्को एउटा घटनाका बारेमा पनि उल्लेख गरेका छन्। ‘आज एकजना परिचित व्यक्तिले मलाई फोन गरे। उसले मेरो कार्यालयमा कसैलाई पठायो। एक हप्ताभित्र उसको खाताबाट एउटै बैंक खातामा १४ लाख रुपैयाँभन्दा बढी स्थानान्तरण भयो। केही अन्य वालेटहरुमा धेरै कारोबार भएको थियो। उसले कहिल्यै यी कारोबार गरेका थिएनन्’, उनले लेखेका छन्, ‘जब मैले जाँच गरेँ, दुवै पीडितले फेसबुक वा इन्स्टाग्राममा विज्ञापनबाट ‘नेप्से एआई’ एप इन्स्टल गरेका थिए। पहिलो पीडितले भने कि इन्स्टल गरेपछि रिमोट सेसन खुल्यो, अनि एप गायब भयो र उसको बैंक स्टेटमेन्टले पैसा गायब भएको देखायो।’

लामिछानेका अनुसार दुवैले एन्ड्रोइड फोन प्रयोग गर्थे। ‘धेरैजसो बैंकहरुले ई–मेलमा टु फ्याक्टर अथेन्टिकेसन (२एफए) कोड पठाउँछन्। यदि ह्याकरसँग ब्राउजर पहुँच वा मोबाइल पहुँच थियो भने खेल सकियो। एपको वेबसाइट परिवर्तन भइरह्यो। पहिलो पीडितले उनीहरुको नम्बरमा फोन पनि गर्यो र एक नेपाली भाषी व्यक्तिले उसलाई यो एप इन्स्टल गर्न मद्दत गर्यो। त्यसैले स्पष्ट रुपमा यस प्रकरणमा नेपाली नै संलग्न छन्’, उनले लेखेका छन्।

लामिछोनले पछिल्लो घटनाका पीडितको ल्यापटपमा सम्पूर्ण कुरा मेटाइएको पाइएको उल्लेख गरेका छन्। ‘केवल बीआईओएस स्क्रिन बाँकी थियो’, उनले लेखेका छन्, ‘कसैले सबै प्रमाणहरु नष्ट गरेको थियो। यो गम्भीर छ। मलाई विश्वास छ कि ८० करोड रुपैयाँ भन्दा बढी पहिले नै आधिकारिक रुपमा रिपोर्ट गरिएको छ। यो सानो चोरी होइन, यो व्यवस्थित, राम्रोसँग योजनाबद्ध र निरन्तर छ।’

लामिछानेले सम्बन्धित निकाय र अधिकारीले तुरुन्तै सार्वजनिक सूचना जारी गर्न आवश्यक रहेको र मानिसहरुलाई ह्याक र लुटिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका छन्। ‘यदि कसैले त्यस्ता विज्ञापन देखेमा तत्काल उजुरी गर्नुहोला’, उनले भने, ‘यदि कसैले अज्ञात स्रोतहरुबाट एपहरु इन्स्टल गर्न आग्रह गर्छन् भने नगर्नुहोला।’

कसरी सुरक्षित रहने ?

साइबर सुरक्षा विज्ञ लामिछाने यस्ता ठगी गिरोहबाट बच्न केही सुझावहरु पनि दिएका छन्।

  • विशेषगरी बैंकिङ वा ट्रेडिङ एक्सेस माग्ने विज्ञापन, लिंक वा फोन कलमार्फत आएका अपरिचित एप कहिल्यै इन्स्टल नगरौँ ।
  • आफ्नो कम्प्युटर वा मोबाइलमा अपरिचित व्यक्तिलाई एनिडेस्क, टिमभ्युअरजस्ता माध्यमबाट रिमोट एक्सेस नगर्ने।
  • सम्भव भएसम्म ई–मेलमा होइन एसएमएसमा टुएफए इनेबल गर्नुपर्छ। किनकि ई–मेल चुपचाप ह्याक गर्न सकिन्छ।
  • नियमित रुपमा पासवर्ड परिवर्तन गर्नुपर्छ। एउटै पासवर्ड विभिन्न साइटमा प्रयोग गर्नुहुँदैन।
  • बैंक स्टेटमेन्ट दैनिक रुपमा जाँच गर्नुपर्छ। शंकास्पद गतिविधि देखिए तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्छ।
  • फेसबुक वा इन्स्टाग्राममा देखिएका वित्तीय उपकरणसम्बन्धी विज्ञापन आधिकारिक स्रोतबाट पुष्टि नगरी क्लिक नगरौँ।
  • आफ्नो उपकरणलाई अपडेटेड राख्नुपर्छ। एन्टिभाइरस तथा एन्टिमालवेयर इन्स्टल गर्नुपर्छ।
  • शंकास्पद कारोबार देख्नेबित्तिकै साइबर ब्युरोमा जानकारी गराउनुपर्छ।
  • आफ्ना साथीभाइ तथा परिवारलाई सचेत गराउनुपर्छ। किनकि अधिकांश पीडितले यस प्रकारको ठगीबारे कहिल्यै सुनेका पनि हुँदैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS