IME Life New

जलवायु जोखिम रणनीतिमा एउटा प्रमुख उपकरण बन्दै ‘प्यारामेट्रिक बीमा’, भारतमा माग उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा प्यारामेट्रिक बीमा विस्तारले तीव्रता पाउन थालेको छ।

बाढी, गर्मीको लहर र सौर्य ऊर्जाको अभाव बढ्दै जाँदा भारतमा कृषि, नवीकरणीय ऊर्जा र अनौपचारिक श्रमजस्ता क्षेत्रमा प्यारामेट्रिक बीमाप्रति आकर्षण बढ्दै गएको पोलिसीबजार फर बिजनेसले जनाएको छ। भारतको प्यारामेट्रिक बीमा बजार सन् २०२८ सम्म वार्षिक ११.३ प्रतिशतको तीव्र गतिमा बढिरहेको छ। यद्यपि अझै प्रारम्भिक नै छ।

Esewa
Crest

प्यारामेट्रिक बीमा भारतको जलवायु जोखिम रणनीतिमा एउटा प्रमुख उपकरण बन्दै गएको छ। ‘भारतमा प्यारामेट्रिक बीमाको प्रयोग कम छ तर पछिल्लो समय माग बढ्दै गएको छ’, पोलिसीबजारको प्रतिवेदनमा भनिएको छ, ‘मुख्यतया खडेरी र अत्यधिक वर्षाका कारणले कृषि क्षेत्रका ५० प्रतिशत मानिसले यसबाट लाभ उठाउँछन्।’

भारतमा नवीकरणीय ऊर्जा क्षेत्रले यो बीमाको ४० प्रतिशत हिस्सा ओगटेको छ। जब कि बाँकी १० प्रतिशतमा गर्मी स्ट्रोक, लग्जिस्टिक र उडान ढिलाइका लागि कभरेज समावेश छ।

राजस्थान, गुजरात, हिमाचल प्रदेश र तटीय कर्नाटकमा हालैका जलवायु परिवर्तनका कारण देखिएका घटनाहरुले वास्तविक विश्व भुक्तानीहरु बढाएको छ। नयाँ उत्पादनहरु छोटो अवधिका, सरल तथा स्विस रि र म्युनिख रिजस्ता पुनर्बीमकहरुबाट समर्थित छन्।

एआईको प्रयोगले ट्रिगर डिजाइन र मूल्य निर्धारणमा पनि सुधार गरिरहेको छ। मौसमी भिन्नता देखा पर्दैछन्। जसमा मे–जुनमा गर्मीसँग सम्बन्धित बीमा कभर, जुलाई–सेप्टेम्बरमा वर्षा र अक्टोबरदेखि फेब्रुअरीसम्म सौर्य वा हावाजस्ता कारण समावेश छन्।

विश्वव्यापी रुपमा सन् २०२३ मा प्यारामेट्रिक बीमा बजारको मूल्य १५.९ अर्ब डलर थियो र सन् २०३२ सम्ममा ३४.६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS