IME Life New

घोराही सिमेन्टले घटायो घाटा, अझै रु. ६६ करोडले नोक्सानीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा समीक्षा वर्षमा घाटा घटाएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४४ करोड ७० लाख घाटा व्यहोरेकोमा समीक्षा वर्ष ६६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको सञ्चालन मुनाफा ९ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ४७ करोड ४३ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।

गत आर्थिक वर्षमा कम्पनीले उत्पादन बिक्री गरेर ५ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ४ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी १२.७९ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १४.४६ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८.४७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS