IME Life New

‘ब्याक वार्ड लिंकेज’ मा लगानी गर्दै मेरो किसान, चाँडै आइपीओ ल्याउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। किसानको खेतबारीबाट कृषि उत्पादन खरिद गरेर उपभोक्ताको घरदैलाेसम्म पुर्‍याउँदै आएको कम्पनी मेरो किसानले ४० करोड रूपैयाँ लगानीमा चितवनमा कोल्ड स्टोर निर्माण गर्ने भएको छ।

कम्पनीले तरकारी, फलफूल, खाद्यान्नलगायतको प्रशोधन र सुरक्षित भण्डारणका लागि शीत गृह (कोल्ड स्टोर) निर्माणका लागि सोमबार पटिहानीमा शिलान्याश गरेको छ।पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ३ बिघा १० कठ्ठा क्षेत्रफलमा शीत गृह निर्माण कार्य शुरू भएको हो।

Esewa
Crest

मेरो किसानले हाल मेरो किसान मोबाइल एप्समार्फत स्थानीय किसानले उत्पादन गरेका तरकारी र फलफूल बिक्री वितरण गर्दै आएको छ। यो प्लेटफार्मको माध्यमबाट किसान र उपभोक्ताले कुनै पनि बिचौलिया बिना नै बस्तु किनबेच गर्न सक्छन् ।

‘मेरो कृषि मेरो गौरव’ भन्ने मूल नारा रहेको मेरो कृषिले स्थानीय उच्च मूल्यको कृषि उत्पादनलाई स्वदेश तथा विदेशको बजारमा पुर्‍याउन लक्ष्यका साथ काम गरिरहेको छ।  चितवनमा स्थापना गरिन लागेको प्रशोधन उद्योगमा मूल्य अभिवृद्धि हुने गरी कृषी उपजहरूको प्रशोधन गरिनेछ।

कम्पनीले बिउ उत्पादन, खाध मल, किटनाशक, उत्पादन परामर्श, उत्पादन पूर्वाधार, उपजको प्रशोधन, बजारीकरण, सहज ऋण सुविधा सहितको सम्पूर्ण कृषि चक्रका लागि थप पूँजी लगानी गर्न सर्वसाधारणमा चाँडै नै आइपीओ जारी गर्ने जनाएको छ।

नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त निर्देशक विष्णुमणी गाैतम यो कम्पनीको अध्यक्ष हुन् । गाैतम हाल आशा लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालक समिति अध्यक्ष छन् । यसैगरी यूवा उद्यमी अविनाश सिलवाल प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS