IME Life New

एक वर्षमा निर्जीवन बीमकले कुन प्रदेश कति भित्र्याए व्यापार ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा निर्जीवन बीमकहरुले करिब ४५ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३२ लाख ४४ हजार ३८३ वटा बीमालेख बिक्री गरेर कुल ४४ अर्ब ९१ करोड २६ लाख बीमाशुल्क आर्जन गरेका हुन्। प्रदेशगत हिसाबमा बागमतीबाट निर्जीवन बीमकहरुले सर्वाधिक व्यापार भित्र्याएका छन्। बागमतीबाट कम्पनीहरुले १४ लाख १५५ वटा बीमालेख बिक्री गरेर ३० अर्ब १९ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको ६७.२३ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले कोशी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशमा कम्पनीहरुले ४ लाख २५ हजार ३९८ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको ८.८५ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ल्याएका छन्। यो प्रदेशमा कम्पनीहरुले ५ लाख १९ हजार १८३ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ९० लाख ७५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो प्रदेशमा बजार हिस्सा ८.७० प्रतिशत रहेको छ।

त्यस्तै कम्पनीहरुले मधेश प्रदेशबाट ३ लाख ५८ हजार ३४३ वटा बीमालेख बिक्री गरेर २ अर्ब ९८ करोड २१ लाख रुपैयाँ, गण्डकीबाट ३ लाख ११ हजार ७२२ वटा बीमालेख बिक्री गरेर २ अर्ब २४ करोड १४ लाख रुपैयाँ, सुदूरपश्चिमबाट १ लाख ६५ हजार २८९ वटा बीमालेख बिक्री गरेर १ अर्ब १६ करोड १९ लाख रुपैयाँ र कर्णालीबाट ६४ हजार २९३ वटा बीमालेख बिक्री गरेर ४४ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS