IME Life New

डिशहोमले रिट्रिटसँग भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा दिने, गर्यो साझेदारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई
हस्पिटालिटी द्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ, जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन्।

यस साझेदारीमार्फत ग्राहकहरूले पाउने सुविधा:
आवासमा १५ प्रतिशत छुट
फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट
यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्छ।

Crest

पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र IME Hospitality को ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दछ। आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि, अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन्।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका
माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुपर्छ
लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउनेछन् ।

यो साझेदारी डिशहोमको केवल इन्टरनेट वा टेलिभिजन सेवामात्र नभई, आफ्ना ग्राहकहरूलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव प्रदान गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS