IME Life New

विश्वकै हृदयविदारक गीत, १०० श्रोताले दिए ज्यान ! ६२ वर्षसम्म प्रतिबन्ध, गायकले गरे आत्महत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विवाह वा पार्टीमा, कुनै उत्सव वा पर्वमा जब हामी दुःखी वा खुसी हुन्छौँ तब हामीले सबैभन्दा पहिले सुन्ने कुरा भनेको गीतको आवाज हो। गीतहरुका लागि सबैको फरक–फरक प्राथमिकता हुन्छ। कसैलाई पुराना र शान्त गीतहरु मन पर्छ। कसैलाई ठूलो स्वरमा संगीत भएको पप गीतहरु सुन्न मन पर्छ।

गीत सुनेपछि आत्महत्या गर्ने मन हुँदा के हुन्छ ? सन् १९३३ मा रेज्सो सेरेस नामक एक संगीतकारले ‘ग्लुमी सन्डे’ नामक गीत लेखे। सेरेसले यो गीत तब लेखे जब प्रेमिकाले उनलाई छोडेर गइन्। यस गीतका शब्दहरु यति दुःखी थिए कि जसले पनि सुने धेरै दुःखी भइहाल्ने।

Esewa
Crest

भनिन्छ कि यो गीत यति हृदयविदारक थियो कि केही मानिसले यसलाई सुनेपछि आत्महत्या पनि गरे। यही कारणले गर्दा यसलाई ‘हंगेरियन सुसाइड सङ’ नाम दिइएको थियो।

१०० जनाले गुमाए ज्यान

सुरुमा धेरैले ‘ग्लोमी सन्डे’ रेकर्ड गर्न अस्वीकार गरे। तर, पछि सन् १९३५ मा यो गीत रेकर्ड गरी रिलिज गरियो। यो गीत रिलिज हुनेबित्तिकै हंगेरीमा आत्महत्या गर्नेहरुको संख्या अचानक बढ्न थाल्यो। धेरैजसो अवस्थामा यो गीत मानिसहरु वरिपरि बजिरहेको भेटियो वा यो गीत उनीहरुको सुसाइड नोटमा उल्लेख गरिएको थियो।

रिपोर्टका अनुसार सुरुमा यो गीतका कारण लगभग १७ जनाले ज्यान गुमाए। पछि यो संख्या १०० नजिक पुग्यो। अवस्था यति बिग्रियो कि सन् १९४१ मा सरकारले यो गीतमाथि प्रतिबन्ध लगाउनु पर्यो।

६२ वर्षसम्म प्रतिबन्ध

यो गीतामाथि ६२ वर्षसम्म प्रतिबन्ध लगाइएको थियो। लगभग ६२ वर्षपछि अर्थात् सन् २००३ मा यो गीतमाथिको प्रतिबन्ध हटाइयो। तर, त्यतिन्जेलसम्म धेरै मानिसहरुले ज्यान गुमाइसकेका थिए। यो गीत सुनेपछि रेज्सो सेरेसकी प्रेमिकाले पनि आत्महत्या गरिन्।

सबैभन्दा अचम्मको कुरा के छ भने रेज्सो सेरेसले पनि आफ्नो मृत्युका लागि त्यही दिन रोजे, जुन गीतमा उल्लेख गरिएको थियो। अर्थात् आइतबार। रेज्सो सेरेसले जनवरी १९६८ मा बुडापेस्टमा आत्महत्या गरे। उनी झ्यालबाट हाम फालेर बाँचे तर पछि अस्पतालमा उनले तारले घाँटी थिचेर मृत्यु भयो।

भनिन्छ कि यो गीतका शब्दहरु यति दुखद थिए कि तिनीहरुले मृत्युलाई आराम र जीवनलाई पीडाका रुपमा वर्णन गरेका थिए।

फिल्म ‘ग्लोमी सन्डे’ पनि रिलिज

गायकको आवाजमा यति धेरै पीडा थियो कि श्रोता रुन्थे। यसको बाबजुद पनि यो गीत २८ भाषाका १०० भन्दा बढी गायकले गाएका थिए। यसको सबैभन्दा प्रसिद्ध संस्करण बिली हलिडेले अंग्रेजीमा गाएका थिए। जुन पछि प्रतिबन्धित गरियो। यस गीतको कथामा आधारित फिल्म ‘ग्लोमी सन्डे’ सन् १९९९ मा हंगेरी र जर्मनीमा पनि रिलिज भएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS