IME Life New

धितोपत्र बोर्डबाट हिमालयन लाइफ कोष प्रवर्द्धक रहेको म्युचुअल फन्डले पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कोष प्रवर्द्धक रहेको ४ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्डको इकाइ निष्कासन गर्न अनुमति दिएको छ।

योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले गत साउने १ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ‘एचएलआई लार्ज क्याप फन्ड’ नामक म्युचुअल फन्डका इकाइहरु जारी गर्न अनुमति मागेको थियो। धितोपत्र बोर्डले साउन २२ गते अनुमति दिएको हो।

Esewa
Crest

अब हिमालयन इन्भेस्टमेन्ट बैंकरले यस योजनाको १० रुपैयाँ अंकित दरका कुल ४० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो बन्दमुखी योजना हो। यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

जीवन बीमकबाट आउने यो दोस्रो म्युचुअल फन्ड हो। यसअघि रिलायबल नेपाल लाइफको कोष प्रवर्द्धनमा म्युचुअल फन्ड आइसकेको छ।

एचएलआई लार्ज क्याप फन्ड जीवन बीमा क्षेत्रमा हालसम्मकै ठूलो म्युचुअल फन्ड पनि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS