काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल फ्लेक्सी क्याप फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट नबिल फ्लेक्सी क्याप फन्डका इकाइधनीहरुलाई करसहित ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ साउन २२ गतेसम्म कायम इकाइधनीहरु यस योजनाको लाभांश पाउन योग्य भएका छन्।
यो खुलामुखी योजना हो। यस योजनामा इकाइधनीहरुले प्राप्त गर्ने प्रतिफलबापतको रकम पुनः लगानी योजनामार्फत थप इकाइहरु किन्न सक्छन्। यसका लागि साउन २७ गतेसम्म नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा तोकिएको फाराम भरी वा सोझै अनलाइनमार्फत पुनः लगानी योजनामा सहभागी हुन सक्नेछन्।

















