IME Life New

नबिल फ्लेक्सी क्याप फन्डको लाभांश घोषणा, पुनः लगानीको बाटो पनि खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल फ्लेक्सी क्याप फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट नबिल फ्लेक्सी क्याप फन्डका इकाइधनीहरुलाई करसहित ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ साउन २२ गतेसम्म कायम इकाइधनीहरु यस योजनाको लाभांश पाउन योग्य भएका छन्।

यो खुलामुखी योजना हो। यस योजनामा इकाइधनीहरुले प्राप्त गर्ने प्रतिफलबापतको रकम पुनः लगानी योजनामार्फत थप इकाइहरु किन्न सक्छन्। यसका लागि साउन २७ गतेसम्म नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा तोकिएको फाराम भरी वा सोझै अनलाइनमार्फत पुनः लगानी योजनामा सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS