IME Life New

बीमकले विशेषज्ञ सेवाका लागि गर्नुपर्ने भुक्तानीको सटही सुविधा लिन प्राधिकरणको सिफारिस अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका बीमा कम्पनीले विशेषज्ञ सेवाका लागि गर्नुपर्ने भुक्तानीको सटही सुविधा लिन नेपाल बीमा प्राधिकरणको सिफारिस अनिवार्य गरिएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। संशोधित निर्देशनअनुसार नेपाली बीमा कम्पनीहरुले विशेषज्ञ सेवा (जस्तैः एक्चुअरी, सर्भे, भ्यालुएसन आदि) का लागि प्राकृतिक व्यक्तिलाई गर्नुपर्ने भुक्तानीको सटही सुविधाका लागि नेपाल बीमा प्राधिकरणको सिफारिससमेतका आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन् । यसअघिको निर्देशन यस्तो व्यवस्था गरिएको थिएन।

Esewa
Crest

यसअघिको निर्देशनमा नेपाल सरकार, सोअन्तर्गतका विभिन्न निकाय, सरकारी तथा अर्धसरकारी संघसंस्था, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रयोजन (जस्तैः मालवस्तु तथा सेवा आयात, लिज वा लिज पर्चेज, सदस्यता शुल्क, सेवा भुक्तानी, मर्मत, विज्ञापन, सफ्टवेयर खरिद तथा सेवा, छपाइ, डेमरेज, कानुनी सेवा, परामर्श सेवा, प्राविधिकलगायतका सेवाशुल्क)का लागि प्रयोजन पुष्टि हुने आवश्यक कागजातसहित भारतीय रुपैयाँको सटही सुविधा माग गरेमा नियमानुसार लाग्ने अग्रिम कर (टीडीएस) दाखिला गरेको प्रमाण वा दाखिला गर्ने लिखित प्रतिबद्धताका आधारमा प्रचलित व्यवस्थाबमोजिम भारतस्थित बेनिफिसिरीलाई भुक्तानी गर्ने प्रयोजनको लागि सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको छ।

यस्तो सटही सुविधा व्यक्ति विशेषको नाममा पाउनुपरेमा यस विभागको स्वीकृति अनिवार्य रुपमा लिएको हुनुपर्ने राष्ट्र बैंकको प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS