काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८५०.३७ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १८.३० अंकले बढेको छ।
बजारमा ८ अर्ब ५३ करोड रुपयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब १४ करोड ३० लाखको कारोबार भएको छ। जसमा ५३ करोड ९४ लाख रुपैयाँको खरिद भएको छ भने ६० करोड ३६ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ३४ करोड ५२ लाख रुपैयाँको खरिद छ भने ३६ करोड ७० लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले बिक्री धेरै गरेका छन्।

















