IME Life New

प्राकृति विपत्तिबाट एसिया प्रशान्त र अफ्रिकामा बीमा नगरिएका २४ अर्ब डलरको सम्पत्ति क्षतिग्रस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा प्राकृति विपत्तिबाट एसिया प्रशान्त क्षेत्र र अफ्रिकी क्षेत्रमा २९ अर्ब डलरबराबरको सम्पत्ति क्षतिग्रस्त भएको छ। तर, त्यसमध्ये करिब ५ अर्ब डलरबराबरको सम्पत्तिमात्रै बीमा भएको पाइएको छ।

म्युनिख रिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार वर्ष २०२५ को पहिलो ६ महिनामा ती क्षेत्रमा बीमा नगरिएका करिब २४ अर्ब डलरको सम्पत्ति क्षति भएको छ। ताइवानको ताइननमा गएको ६ म्याग्नेच्युटको भूकम्पले करिब १.३ अर्ब डलरको सम्पत्ति क्षतिग्रस्त भएको छ। क्षतिग्रस्तमध्ये करिब ६० करोड डलरबराबरको सम्पत्तिको मात्रै बीमा गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ। ती पनि अधिकांश व्यापार र चिप निर्माता कम्पनीको मात्रै रहेको छ।

Esewa
Crest

यसैगरी अस्ट्रेलियाको क्विन्सल्यान्ड र न्यु साउथ वेल्समा गएको सामुद्रिक आँधी र बाढीले करिब ३.५ अर्ब डलरको सम्पत्ति क्षतिग्रस्त भएको थियो। बीमा भएको सम्पत्ति भने १.४ अर्ब डलरको मात्रै रहेको थियो।

म्यानमारको गएको भूकम्पमा पनि १२ अर्ब डलरको क्षति भएको थियो। तर, त्यसको केही अंशमात्रै बीमा भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार अझै पनि एसिया प्रशान्त, अफ्रिकालगायतका क्षेत्रमा अझै पनि बीमाको पहुँच विस्तार हुन नसकेको देखिन्छ। बीमा नगरेको हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ।

वर्ष २०२५ को पहिलो ६ महिनामा विश्वभर प्राकृतिक विपत्तिको क्षति करिब ८० अर्ब डलर पुगेको छ। जुन सन् १९८० को यही अवधिको तुलनामा दोस्रो धेरै ठूलो क्षति हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS