IME Life New

ओटीसी मार्केटमा झन्डै रु. ३ अर्बको शेयर कारोबार, कुन कम्पनीको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा विभिन्न कम्पनीको झन्डै ३ अर्ब रुपैयाँ शेयर कारोबार भएको छ।

नेप्सेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विभिन्न कम्पनीको २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको हो। ती कम्पनीको १ करोड ७८ लाख ७८ हजार बढी कित्ता शेयर किनबेच भएको छ।

Esewa
Crest

प्रोफेस्नल एजुकेटर्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको १२ लाख १८ हजार ३२४ कित्ता शेयर ४८ करोड ७३ लाख २९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। यो कम्पनीको प्रतिकित्ता ४०० रुपैयाँमा किनबेच भएको छ।

यसैगरी दोस्रो धेरै कारोबार मेडिकेयर हस्पिटलको भएको छ। यो हस्पिटलको १२ लाख ८७ हजार १७८ कित्ता शेयर २६ करोड ९२ लाख ६४ हजार रुपैयाँ बढीमा किनबेच भएको छ। प्रतिकित्ता २०९.१९ रुपैयाँ भएको देखिन्छ।

मेडिकेयर अस्पतालकै ३ लाख ६४ हजार ८० कित्ता शेयर ३१९ रुपैयाँका दरले ११ करोड ६१ लाख ४१ हजार रुपैयाँ बढीमा किनबेच भएको छ।

तेस्रोमा सोपान मल्टिपल कम्पनी रहेको छ। यो कम्पनीको १४ लाख ९९ हजार १०८ कित्ता शेयर १३० रुपैयाँका दरले १९ करोड ४८ लाख ८४ हजार रुपैयाँ बढीमा किनबेच भएको छ।

नेप्सेले ओटीसी मार्केटको अवधारणाको विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। ओटीसी मार्केटमा २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS