काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ९४ अंकले घटेर २,८३२ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।


















