IME Life New

पेरिसको संग्रहालयबाट लुटिएको शाही सामग्रीको बीमाबापत करिब रु. ५६ करोड भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्ष फ्रान्सको पेरिसको एउटा संग्रहालयमा भएको नाटकीय डकैतीले रोयल कलेक्सन ट्रस्टले बीमाबापत ३० लाख पाउन्ड (करिब ५६ करोड रुपैयाँ) भुक्तानी प्राप्त गरेको छ।

संग्रहालयले भाडामा लिएर प्रदर्शनीमा राखिएका दुईवटा शाही सामग्री चोरी भएपछि ट्रस्टले बीमाबापत भुक्तानी उक्त रकम प्राप्त गरेको हो। ट्रस्टको वार्षिक प्रतिवेदनबाट बीमा भुक्तानीबारे खुलासा भएको हो।

Esewa
Crest

लुटेराहरुले १८ औँ शताब्दीका विलासी लघुचित्रहरुको प्रदर्शनीस्थलमा राखिएका केसहरु फुटाएर चोरी गरेका थिए। उनीहरुले भव्य रुपमा सजाइएका स्नफ बक्सहरु पनि चोरी गरेका थिए। ती सामग्री बेलायतको रोयल कलेक्सनबाट भाडामा ल्याएर राखिएको थियो।

गत वर्ष डकैतीको समयमा मिडिया रिपोर्टहरुले क्षति लगभग १० लाख युरो भएको दाबी गरेका थिए। तर, रोयल कलेक्सन ट्रस्टको वार्षिक रिपोर्टले ‘मुसी कोग्नाक–जेलाई भाडामा दिइएको स्नफ बक्सको चोरीको सम्बन्धमा’ बीमा रसिदका रुपमा ३० लाख २० हजार पाउन्डको आँकडा देखाएको छ।

रोयल कलेक्सनमा रहेका चित्रकला, मूर्तिकला, फर्निचर र गहनाको हेरचाह गर्ने परोपकारी संस्था द ट्रस्टले मंगलबार आफ्नो वार्षिक प्रकाशित गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘बीमाबापत प्राप्त रकम संग्रहालयको समृद्धिका लागि तोकिएको कोषमा जम्मा गरिनेछ।’

रोयल कलेक्सनबाट चोरी भएका दुई वस्तुमा १८ औँ शताब्दीमा जर्मनीमा बनेको मानिने स्नफ बक्स (शुक्रको जन्मको चित्रण) र १८ औँ शताब्दीमा जर्मनीमा बनेको र लगभग ३ हजारवटा हीरा जडित फेब्रिक रोयल स्नफ बक्स (फेब्रिक रोयल) समावेश छन्।

सन् १९१७ मा सोभियत अधिकारीहरुले कब्जा गर्नुअघि कपडाको रोयल बक्स रुसी शाही परिवारको थियो। पछि यसलाई सन् १९३२ मा जर्ज पाँचौँकी पत्नी रानी मेरीले किनेकी थिइन्।

फ्रान्सेली अखबार ले मोन्डेको रिपोर्टअनुसार लुटपाट चार नकाबधारी आक्रमणकारीले गरेका थिए। उनीहरु स्कुटरमा आएका थिए। त्यसपछि संग्रहालय दर्शकहरुलाई स्तब्ध पार्दै बन्चरोले प्रदर्शनी केसहरु फोडेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS