IME Life New

प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा रिहा गर्न उच्च अदालतको आदेश

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राजावादी आन्दोलनको अगुवाई गरेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ ।

साेमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले यस्तो आदेश जारी गरेको हो ।

Crest

प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

यसबाहेक राजावादीको हिंसात्मक आन्दोलनको मुद्दामा भने अदालतले ३ लाख रूपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतबाट आदेश जारी भएलगत्तै धराैटी रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट सोमबार राती थुनामुक्त गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS