IME Life New

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम करिब ११ अर्ब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ४६ अंकले बढेर २,८७५ को बिन्दमा कायम भएकोछ । आज १४० कम्पनीको शेयर मुुल्य बढेको छ भने ११० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको २ करोड ७१ लख ६९ हजार ७५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ७३ प्रतिशतका दरले कमाएका हुन् । श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS