IME Life New

यो विमानस्थल हो कि पाँचतारे होटल ? सम्पूर्ण टर्मिनलमा चन्दनको सुगन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बेंगलुरु विमानस्थलको सुन्दरताको धेरै चर्चा छ। त्यसैले यसको टर्मिनल–२ लाई ‘विश्वको सबैभन्दा सुन्दर विमानस्थल’ को श्रेणीमा राखिएको छ।

युनेस्कोको प्रिक्स भर्साइल २०२३ मा केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल (केआईए) टर्मिनल २ (टी२) लाई ‘विश्वको सबैभन्दा सुन्दर विमानस्थल’को श्रेणीमा राखिएको हो। यसको सुन्दरता देखेर जापानका एक भ्लगर पनि धेरै प्रभावित देखिन्छन्। उनले इन्स्टाग्राममा यस विमानस्थलको भिडियो पोस्ट गरेका छन्। जुन आजकल भाइरल भइरहेको छ।

Esewa
Crest

यो भिडियो काइतो नामक रिल निर्माताले पोस्ट गरेका छन्। यस भिडियोमा उनी बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–२ वरिपरि घुमिरहेको देखिन्छन्। उनी विमानस्थलको वास्तुकला, हरियाली र वातावरणबाट धेरै प्रभावित देखिन्छन्। भिडियोमा उनी भन्छन्, ‘यो बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल हो। मैले यस्तो विमानस्थल पहिले कहिल्यै देखेको थिइनँ। साथीहरु ! यो बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलभित्रको दृश्य हो। मलाई यो विमानस्थलको आधिकारिक नाम थाहा छैन। तर, यहाँ छतमा धेरै रुख र बोटबिरुवा झुन्डिएका छन्।’

काइतोले बेंगलुरु विमानस्थलको भित्री भागलाई एउटा विलासी पाँचतारे होटेलसँग तुलना गरेका छन्। उनी भिडियोमा यसो भन्दै गरेको देखिन्छन्, ‘यो पाँचतारे होटेलजस्तो देखिन्छ। भित्रबाट धेरै राम्रो सुगन्ध आउँछ। यदि तपाइँलाई त्यो कस्मेटिक ब्रान्ड थाहा छ भने यो एसोपजस्तो लाग्छ।’

वास्तवमा त्यो विमानस्थलभरि चन्दनको हल्का सुगन्ध पाइन्छ। काइतो यसबाट धेरै प्रभावित देखिन्छन्।

चन्दन कर्नाटकको एउटा महत्वपूर्ण उत्पादन हो। जुन विश्वभरका देशहरुमा निर्यात गरिन्छ। काइतोले यस विमानस्थलका केही विशेष कुराका बारेमा पनि बताएका छन्। उनलाई यसो भन्दै सुन्न सकिन्छ, ‘यो रुख होइन, यो घन्टी हो। रुखहरुले ढाकिएको धेरै ठूलो घन्टी छ र छतमा झुन्डिएको छ। त्यहाँ एउटा फोहोरा पनि छ। यो धेरै अचम्मको छ। यहाँ भित्री झरना छ।’

बेंगलुरुको यो भव्य विमानस्थलको सुन्दरता देखेर काइतोले यसलाई सिंगापुरको चांगी विमानस्थल र दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विश्वका केही उत्कृष्ट विमानस्थलसँग तुलना गरेका छन्। उनले भनेका छन्, ‘सिंगापुरको चांगी विमानस्थल र कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बगैंचा छ। तर, यो त्योभन्दा पनि राम्रो छ, किनकि सम्पूर्ण विमानस्थल हरियालीले भरिएको छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS