IME Life New

वैदेशिक रोजगार बीमा व्यवसाय खोसिने भयो बीमा कम्पनीबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुबाट वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यवसाय खोसिने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधन गर्न तयार गरेको विधेयकमा निजी कम्पनीहरुबाट वैदेशिक रोजगारमा जानेहरुको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्नुपर्ने प्रावधान हटाउन प्रस्ताव गरिएको हो। हालको ऐनमा वैदेशिक रोजगारमा जानेहरुले निजी बीमा कम्पनीमार्फत म्यादी जीवन बीमा गर्नुपर्ने प्रावधान रहेको छ।

Esewa
Crest

प्रस्तावित विधेयकमा यसलाई हटाउँदै बीमाबापतको रकम कल्याणकारी कोषमा जम्मा हुने व्यवस्था गर्न लागिएको छ। यो व्यवस्था कार्यान्वयन भएमा कामदारको कल्याणकारी कोष थप बलियो हुने मन्त्रालयको ठहर छ।

यसैगरी गन्तव्य मुलुकमा अंगभंग वा गम्भीर बिरामी भई उपचार गराउँदा गराउँदै वा नेपाल आएर उपचारकै क्रममा मृत्यु भएमा आर्थिक सहायता उपलब्ध गराउने र बिदामा नेपालमा आएको श्रमिकको करार अवधिभित्र मृत्यु भए आर्थिक सहायता उपलब्ध गराउन कल्याणकारी कोषलाई थप फराकिलो बनाउन लागिएको प्रस्तावित विधेयकबाट प्रस्ट हुन्छ। हालको ऐनमा भने यस विषयमा कुनै व्यवस्था छैन।

प्रस्तावित विधेयकमा म्यानपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत निवेदन दिएको १५ दिनभित्र मागपत्र प्रमाणीकरण गर्ने वा नगर्ने निर्णय नगरे दूतावासको जिम्मा रहने गरी मागपत्र प्रमाणीकरण भएको मानिने व्यवस्था गरिएको छ। मागपत्र प्रमाणीकरण भइसकेपछि वैदेशिक रोजगार विभागबाट स्वीकृति लिनु नपर्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । नेपाली दूतावास नरहेको देशको मागपत्र प्रमाणीकरण सिधै वैदेशिक रोजगार विभागबाट नै हुने व्यवस्था गरिएको छ।

हालको ऐनमा दूतावासबाट मागपत्र प्रमाणीकरण नभएसम्म वैदेशिक रोजगार विभागले स्वीकृति दिन नपाउने व्यवस्था रहेको छ।

त्यस्तै दुईपटक मात्रै पुनः श्रमस्वीकृति लिन पाइने हालको ऐनको व्यवस्था पनि संशोधन गर्न लागिएको छ । विधेयकमा दूतावासबाटै दुईभन्दा बढी पटक अनुमति लिन पाइने व्यवस्था गरिने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS