IME Life New

उच्च अंकले घट्यो शेयर बजार, सबै समूह राताम्मे, रु. १३ अर्बमा खुम्चियो कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ।

नेप्से परिसूचक आज ६३.७३ अंकले घटेको हो। योसँगै नेप्से २८५८.९० को विन्दुमा झरेको छ।

Esewa
Crest

आज बजार उच्च अंकले घट्दा १६ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने २३३ कम्पनीको घटेको छ। यो दिन सबै उपसमूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट अन्य समूहमा ३.४८ प्रतिशतको देखिएको छ।

बजारमा आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको छ। यो कारोबार गत बिहीबारको तुलनामा कम हो।

उच्च कारोबार भएका १० कम्पनी

यो दिन बजारमा दुई पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमाको ७५ करोड ३९ लाख रुपैयाँको हुँदा दोस्रो धेरै हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख रुपैयाँको भएको छ।

धेरै भाउ बढ्ने १० स्टक

घटेको बजारमा आज दुई कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। यो दिन ट्रेड टावर र शिवश्री हाइड्रोपावरको शेयरभाउमा करिब १० प्रतिशतको बढोत्तरीका साथै सकारात्मक सर्किट लागेको हो।

सर्वाधिक घटेका १० स्टक

आज सान्भी इनर्जी र समता घरेलु लघुवित्तको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको शेयरभाउ करिब १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS