IME Life New

भारतः सरकारी बीमा कम्पनीले ल्यायो गज्जबको स्किम, पैसै नतिरी महिलालाई मासिक रु. ७ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगम (एलआई)ले महिलालाई गज्जबको स्किम ल्याएको छ। यो स्किमअन्तर्गत महिलाले पैसा नै नगरी मासिक भारु ७ हजार पाउनेछन्।

कम्पनीले एलआईसी बीमा सखी योजना लन्च गरेको हो। यसको उद्देश्य महिलालाई मासिक आम्दानी गर्ने मौका दिएर सशक्त बनाउनु हो। योसँग यस योजनामार्फत दूरदराजका क्षेत्रसम्म बीमाको पहुँच विस्तार गर्नु पनि रहेको छ।

Esewa
Crest

यो योजना समर्पित महिला सशक्तीकरणको एउटा पहल हो। यसमा महिलालाई बीमा अभिकर्ता बनाउन मद्दत गर्नु रहेको छ। यस योजनामा समावेश साथ महिलालाई तालिम प्रदान गरिनेछ। तालिमपछि महिला अभिकर्ता बनेर हरेक महिना तलब प्रदान गरिनेछ।

एलआईसी बीमा सखी योजनाअन्तर्गत महिला अभिकर्तालाई उनीहरुको कार्य प्रदर्शनका आधारमा ३ वर्षसम्म मासिक तलम दिइनेछ। पहिलो वर्ष मासिक भारु ७ हजार गरिने कम्पनीले जनाएको छ।

यस योजनामा एलआईसीका अभिकर्ता वा कर्मचारी समावेश हुने छैनन्। उनीहरुका परिवारका सदस्य पनि आवेदन दिन पाउने छैनन्। रिटायर्ड एलआईसी कर्मचारी र पूर्वअभिकर्ता पनि यस योजनाका पात्र बन्न पाउने छैनन्।

यस योजनामा समावेश हुन कम्तीमा १८ वर्ष उमेर पार गरेको हुनुपर्छ। अधिकतम ७० वर्षसम्मका नागरिकले आवेदन दिन सक्छन्। आवेदकको पढाइ कम्पतीमा १० उत्तीर्ण हुनुपर्छ।

एलआईसी बीमा सखी योजनाअन्तर्गत सुरुको पहिलो वर्ष महिला अभिकर्ताले मासिक भारु ७ हजार र दोस्रो वर्षबाट भारु हजार पाउनेछन्। पहिलो वर्ष यस योजनामा सहभागी महिला अभिकर्ताबाट बीमालेख कम्ती ६५ प्रतिशत सक्रिय रहेको हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS